एमसीसी शैन्य परियोजना हैनः गृहमन्त्री खाँण




नवलपरासी । नेपाल आदिवासी जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशन आजबाट पूर्वी नवलपरासीको कावासोतीमा शुरु भएको छ ।

 

महाधिवेशनका गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका छन् । महाधिवेशन दुई दिनसम्म चल्ने जनाइएको छ ।




महाधिवेशनकको उद्घाटन गर्दै गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले एमसीसी कुनै पनि शैन्य गठबन्धन भएको नबताएका छन् । उनले भने – एमसीसीसँग डराउनु पर्दैन । यो कुनै शैन्य गठबन्धन होइन ।

 

त्यसैगरी गृहमन्त्री खाँडले एमसीसी प्रस्तावले कुनै पनि देशका सेना नेपाल नआउने भएकोले कसैलाई नगर्न आग्रह गर्दै उनले भने नेपालमा कुनै पनि सेना आए हामी (नेपाली काँग्रेस) पनि त्यस विरुद्ध लड्छौं ।

 

उनले एमसीसी गरिब देशलाई धनि गराउनका लागि आएको दावी गरे ।
विजुलीको उत्पादन बढाएर विजुलीको खपत नबढाएसम्म नेपालको विकास हुन नसक्ने बताउँदै, आमनेपाली नागरिकलाई ग्याँस, पेट्रोलको खपत बढाउन आग्रह गरे । उनले भने – ‘ग्याँस, पेट्रोलको प्रयोग बढ्दा व्यापारघाटा बढ्ने भएकोले अब ग्याँस, पेट्रोलको खपत घटाएर, विद्युतको खपत बढाउनु पर्छ ।’ उनले अझै विद्युतको महशुल घटाउने तरखरमा सरकार रहेको बताए ।

 

त्यसैगरी नेपालको संविधान सबैको अधिकार सुनिश्चित भएको दावी गर्दै त्यसलाई सबैले स्वामित्व ग्रहण गर्नु पर्नेमा जोड दिए । उनले भने – ‘संविधान हामी सबैको हो । अब यसलाई केही फुलबुट्टा भर्नु बाँकी छ । फेरि पनि छलफल गरेर जान सकिन्छ ।’

 

त्यसैगरी गृहमन्त्री बालकृष्ण खाँणले आदिवासी जनजातिहरुले माग गरेको विदा नदिने पक्षमा सरकार नरहेको बताउँदै त्यसका लागि कुन कुन दिन विदा चाहिने हो, एकमुष्ठ रुपमा उल्लेख गरेर आउने सुझाव दिए ।

नेपाल आदिवासी जनजाति महासंघका संघीय परिषद अध्यक्ष जगत बरामको अध्यक्षतामा भएको अधिवेशनमा आदिवासी जनजातिका पूर्वअध्यक्षहरु, जातीय संगठनका अध्यक्षहरु लगायतले शुभकामना राखेका थिए ।

महाधिवेशनको उद्घाटन पूर्व कावासोती थाना चोकबाट कार्यक्रम स्थलसम्म विभिन्न जातजातिको झाँकी सहित र्याली निकालिएको थियो ।



सम्बन्धित
Loading...