कावासोतीमा शनिबार इन्द्रेणीको टिम आउँदै




कावासोतीमा शनिवार सेन्ट जोसेफसँग इन्द्रेणी कार्यक्रमको आयोजना हुँदैछ ।

नवलपुरको कावासोतीमा रहेको कावासोती सेन्ट जोसेफ बोर्डिङ स्कुलले आफ्नो २८ औँ वार्षिकोत्सवको




अवसरमा आयोजना गरेको विभिन्न कार्यक्रम अन्तर्गत अन्तिम दिन सो कार्यक्रम हुने भएको हो । कार्यक्रममा इन्द्रेणीका कलाकारहरुको सहभागिता रहने छ

बुधबार कावासोतीमा पत्रकार सम्मेलनको आयोजना गरेर सेन्ट जोसेफ आरम्भ कार्यक्रमको बारेमा जानकारी गराईएको थियो ।

सेन्ट जोसेफ स्कूलले आफ्नो बार्षिकोत्सव कार्यक्रम अन्तरगत विहीबारबाट शनिबारसम्म विविध कार्यक्रम गर्दैछ ।

नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको स्कुलले विद्यार्थीहरूलाई अध्ययन मात्रै नभई कला संस्कृति र बाहिरी ज्ञान समेत दिनुपर्छ भन्ने उद्देश्यले विभिन्न सामाजिक काममा समेत विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको विद्यालय प्रशासनको दावी छ ।

 

बिहीबार बाल प्रतिभा कार्यक्रम आयोजना गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

यस्तै अर्को कार्यक्रम चैत ११ गते अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता आयोजना गरिएको छ । जिल्लाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरूको सहभागिता रहने छ । यस कार्यक्रम अन्तरगत सेन्ट जोसेफका विद्यार्थीहरूबाट नेपाली मौलिक लोक संस्कृति झल्कने सतार नृत्य, हुडक्यौली नृत्य, राउटे नृत्य, छलिया नृत्य प्रस्तुत हुने जनाईएको छ ।

 



सम्बन्धित
Loading...