आदिवासी जनजाति महासंघ; अध्यक्ष काँग्रेसका लामा, महासचिवमा एमालेका राई




रामकुमार श्रेष्ठ –
नवलपरासी । नेपाल आदिवासी जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । अध्यक्ष र महासचिवमा मतदान भए पनि अन्य पदाधिकारीहरुमा भने सहमति जुटेको थियो ।

 

काँग्रेस एमालेले गठबन्धन गराएर निर्वाचनमा गएको थियो । अध्यक्षमा काँग्रेस एमाले गठबन्धनका गेल्जे लामा शेर्पा विजयी भएका छन् । शेर्पा काँग्रेसका हुन् ।

 




राति भएको मतदानमा ५३ मत खसेकोमा लामाले ४४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी सोनाम लामाले ८ मत प्राप्त गरेका थिए । १ मत भने बदर भएको बताइएको छ ।

 

त्यसैगरी महासचिवमा काँग्रेस एमाले गठबन्धनकै दिवस राई विजयी भएका छन् । उनले ३६ मत प्राप्त गरेका थिए भने सुखबीर धामीले १५ मत प्राप्त गरेका थिए । महासचिवमा २ मत बदर भएको थियो ।

 

नेपालमा आदीवासी जनजातीका ५९ जातजाती सूचिकृत रहेको छ । ति मध्ये ५४ जातजातीका एक एक जना प्रतिनिधि मतदाता रहने ब्यबस्था छ । महाधिबेशनमा ५४ जातजातीका प्रतिनिधि सहभागि थिए ।

अन्य पदाधिकारीमा भने सहमति भएको छ । स्रोतका अनुसार अन्य पदाधिकारीमा पनि काँग्रेस एमालेको वर्चश्व रहेको छ ।

 

अध्यक्षमा नेपाली कांग्रेसका गेल्जे लामा शेर्पा (सिन्धुपाल्चोक) र महासचिवमा एमालेका दिवशराई सहितको टिम बिजयी भएको छ । अध्यक्षमा कांग्रेस, एमालेको संयुक्त प्यानल र माओवादी केन्द्र र संघियसमाजवादीको अर्को गठबन्धन बनाएर उम्मेदवारी परेको हो । २१ सदस्य रहेको केन्द्रीय समिति चयन भएको हो । अध्यक्ष र महासचिव बाहेकका सबै पद निर्बिरोध भएको हो ।

 

बरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ति, उपाध्यक्षहरु युवराज जिरेल, ध्यानी उराव, क्षेत्रबहादुर थकाली, गम्भिर सिंह गुरुङ भोटे, लाक्पा शेर्पा (ढोक्या), लहरु जिमी र श्रुती कुमाल निर्वाचित भएका छन । महाधिवेशनबाट उपमहासचिवमा रामकृष्ण लामा ब्लोन तामाङ चुनिएका छन ।

 

त्यसैगरी मंगलराम दराई, गोविन्द लामा ह्योल्मो, मोहन राजवंशी, विकास सुरेल, ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल, भन्द्रकुमारी बरामु गरी ८ जना सचिव निर्विराध निर्वाचित गरेको छ ।

महाधिवेशनले विमल सारु मगरलाई कोषाध्यक्षमा चयन गरेको छ भने रिदार नोसाङ भोटे सहसचिवमा निर्विरोध भएका छन ।

 

पहिचान सहितको संघियता र स्वायत्तताकालागि संबिधान संसोधन हाम्रो आन्दोलन, आदीवासी अधिकारकालागि नविन सामाजिक सहमतीको पक्षमा १० औ महाधिबेशन भन्ने नाराका साथ बुधवार कावासोतीमा महाधिबेशन शुरु भएको थियो । महाधिबेशनको उद्धघाटन गृहमन्त्री बालकृष्ण खांडले गरेका थिए ।

 



सम्बन्धित
Loading...