नवलपुरमा करिब १ लाखको सामान बरामद

नवलपुर। पूर्वी नवलपरासीको पूर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका वार्ड नम्बर-८ खरकट्टा जंगल स्थित भन्सार छलि ल्याएको समान बरामद गरेको छ।
पश्चिमबाट पूर्व जाँदै गरेको ग १ ख ५०२४ नम्बर को बसमा बेवारिसे अवस्थामा राखेको समान फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले बताएको छ।
भन्सार छलि ल्याएको प्रति पिस रु.३५० का दरले ८५ पिस कुर्था सुरुवाल, प्रति थान रु ४४० का दरले ३ थान साडी , प्रति थान रु २५० का दरले १० थान महिला लेगिज, प्रति वटा रु.६०० का दरले ८वटा टप्स, ब्लाउज कपडा ३० प्रति थान १५ मिटर प्रति मिटर ४५ का दरले १३,५०० गरी करिब एक लाख सम्मको सामान प्रहरी नियन्त्रणमा लिएको छ।
उक्त सामान फेला परी मुचुल्का समेत गरिसकेको र आवश्यक कारवाहीको लागि पश्चिम नवलपरासीको महेशपुर कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।