नेवा देय दबु नवलपुरको सपथ ग्रहण
नेवा देय दबु नवलपुरको सपथ ग्रहण कार्यक्रम भएको छ । कावासोतीको त्रिभुवनटारमा सपथ ग्रहण कार्यक्रम भएको हो।
नेवा देय दबु नवलपुरका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामकुमार श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेवा देय दबुका केन्द्रिय उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख चन्द्रलाल राजभण्डारीले सपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र वितरण गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष मित्रलाल श्रेष्ठले स्वागत गरेका थिए भने प्रदेश संयोजक हरि श्रेष्ठ लगायतले शुभकामना राखेका थिए।




