एसिड प्रहारबाट एक महिला महिला घाइते




बारामा एसिड प्रहारबाट एक महिला घाइते भएकी छन् । वीरगञ्ज–१३ श्रीपुर बस्ने उमेश साहको श्रीमती वर्षीया सीता पटेल घाइते भएकी हुन् । उनको शरीरमा एसिडले पोलेको छ ।

शुक्रबार बेलुकी ८ बजे बारा कलैया उपमहानगरपालिका–२३ कोरिया टोल नजिकै उनीमाथि एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




वीरगञ्जबाट माइती घर कलैया जाने क्रममा जेठाजु रामबाबु साह र ससुरा हवारी साहले एसिड प्रहार गरेको आरोप उनले लगाएकी छन् ।

 

प्रहरीले उनीहरु दुवै जनालाई वीरगञ्जबाट नियन्त्रणमा लिएर कलैया ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

ना.६०प ७२७९ नं. को स्कुटी आएका उनीहरुले सीमामाथि एसिड प्रहार गरी भागेका थिए ।



सम्बन्धित
Loading...