डण्डामा बजार विकास तथा व्यवस्थापन समिति निर्वाचन हुने, खत्री र चन अध्यक्षमा भिड्दै
बजार विकास तथा व्यवस्थापन समिति, डण्डाको शनिवार निर्वाचन हुँदैछ । सहमति हुन नसकेपछि चुनाव हुन लागेको हो । अध्यक्षका लागि पदम बहादुर खत्री (हरि के सी) र पदम बहादुर चन भिड्दै छन् ।
उम्मेदवार मनोनयनमा चार जना अध्यक्षको उम्मेद्वारी परे पनि दामोदर सापकोटा र विण्णु प्रसाद खनालले उम्मेद्वारी फिर्ता लिए पछि दुई जना बिच चुनाब हुने भएको हो ।उपाध्यक्षमा सन्तोष पोख्रेलले उम्मेदवारी फिर्ता लिए पछि जयराम खत्री निर्विरोध चयन हुनु भएको छ । त्यसैगरी सचिवमा अमितकुमार विश्वकर्मा र कृण्ण प्रसाद अधिकारी भिड्दै हुनु हुन्छ ।
दधिराम नेपालले उम्मेदवारी फिर्ता गरेपछि सचिवमा पनि दुई जनाबिच चुनाव हुने भएको हो । त्यसैगरी सहसचिवमा धनु गिरी र हेम बहादुर चन्द, कोषाध्यक्षमा अदिपा गिरी र निलकष्ठ बस्ताकोटी चुनावी मैदानमा हुनुहुन्छ ।
सात सदस्यको लागि अनुप विष्ट, कमल अर्याल, कमल गिरी, टोपराज गिरी (ख), तुल्सी मल्ल, दिपक पाण्डे, दुजमान सिर्पाली, विमल न्यौपाने, विर बहादुर श्रेष्ठ, मुक्तिनाथ पोख्रेल, मुना जि सि, रोक्त बहादुर गोतामे, सविता अधिकारी पंडित, सुजता ढुङ्गाना न्यौपाने र हिरा गिरी चुनावी प्रतिष्पर्धामा छन् ।
चैत्र १२ गते बजार विकास तथा व्यवस्थापन समिति, डण्डाको सभाहलमा नै विहान १० बजेदेखि २ बजेसम्म मतदान प्रकृया हुने निर्वाचन संयोजक शिव गिरीले जानकारी दिनु भयो ।
संस्थाका सदस्यहरु २९९ जना रहेका छन् । १३ सदस्य मध्ये १२ सदस्य छान्नका लागि चुनावी मैदानमा दुई प्यानल नै बनाएर प्रचारमा लागिरहेका छन् ।