नवलपुरको नरमगाउँमा विद्युत पुग्न नसक्दा अझै पनि अन्धकारमय

नवलपुरको विकट नरम गाउँमा अझै पनि विद्युत पुग्न नसक्दा अन्धकारमय छ भन्दा पत्याउन गाह्रो पर्छ ।जब चुनाव आउँछ नरम गाउँमा बत्ति पुर्याउने नेताहरुको होडबाजी नै चल्छ । यहाँका धेरै नेता फेरिए ।तर, नरम गाउँको व्यथा भने फेरिन सकेकाे छैन ।
आफूहरु लागि परेको भए पनि भौगोलिक अवस्थाका कारण समयमा विद्युत पुर्याउन नसकेको नरम गाउँकै जनप्रतिनिधिकाे दावी छ ।नरम गाउँमा अघिल्लो चुनावमा नेताहरुले दिएको आश्वासन अझै पूरा हुन सकेको छैन । स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष बितिसक्दा पनि स्थानीय तहले जनताको समस्या समधान गर्न फिटि्टक्कै सकेनन् ।
यसको एउटै उदाहरण हो नवलपुरको यो विकट गाउँ नरम डाँडा। नरम गाउँका जनता अझैपनि अन्धकारमा बस्न बाध्य भएका छन ।गएको स्थानीय तहकाे चुनावमा जनप्रतिनिधिले उज्यालो गाउँ बनाउने भने पनि गाउँ अझै अन्धकारमै छ । जिल्लाको बौदिकाली गाउँपालिका क्षेत्रको स्थानमा अझै विद्युत पुग्न नसक्दा यो क्षेत्रका १ सय २७ घरधुरीका जनता प्रत्यक्ष मारमा परेका छन ।
पारिपट्टीको उज्यालो झिलिमिली हेरेर बस्नु बाहेक अहिलेसम्म यो गाउँको लागि कसैले केहि गर्न सकेनन् । विजुली पुग्न नसक्दा यो क्षेत्रका अभिभावहरुलाई बालबालिका पढाउन समस्या भएको छ भने विद्यालयमा विद्यार्थीहरुलाई अध्ययन गराउन समेत समस्या छ ।
विद्युत अभावकै कारण नरम गाउँका स्थानीयले उद्योग, कलकारखाना खोल्न सकेका छैनन् । विकट गाउँ त्यहि माथि विजुली नहुँदा व्यवसाय गरेर जिविकोपार्जन गर्छु भन्दा पनि सम्भव नरहेको नरमका स्थानीय नौल सिंह थापाको गुनासो छ।
यता जनप्रतिनिधहरुले भने आफूहरुले विकासको काम गरि रहेको बताएका छन । नरम डाँडामा विद्युत प्रशारण पुर्याउन आफूहरु लागि परेको भएपनि भौगोलिक अवस्थाका कारण समयमा विद्युत पुर्याउन नसकेको जनप्रतिनिधिहरुले स्वीकार गरेका छन । जनतालाई चुनावमा दिएको एजेण्डामा धेरै काम गरेको भएपनि गाउँलाई उज्यालो बनाउन भने नसकिएको उनीहको स्वीकारोक्ति छ ।
बौदिकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले केहि स्थानमा वद्युत पुगेको भएपनि बस्ती क्षेत्रमा विद्युत पुग्न नसकेको बताउनुभयो । स्थानीय तहको चुनावताका जनतालाई गाउँमै सिंह दरवारको मिठो सपना देखाएपनि सपना भने अझै साकार हुन सकेको छैन ।
जनप्रतिनिधिहरुलाई सिहं दरवारको सुविधा छ । तर जनता अझै पनि विभिन्न समस्यासँग जुधिरहनु परेको छ ।