कावासाेतीमा तीन दिने अचार बनाउने तालिम सुरू




सहिद स्मृति सामुदायिक सिकाई केन्द्र कावासाेती १४ काे अायाेजनामा अाज ( शनिवार) देखि तीन दिने अचार बनाउने तालिम सुरू भएकाे छ । संस्थाकाे पाँचाै साधारण सभा तथा अधिवेशनसंगै सिकाइ केन्द्रकाे सभाहलमा तालिम सुरू भएकाे हाे ।

यस अघि नै अधिवेशनकाे उद्घाटन गरे पनि काेरम नपुगे पछि पुन अधिवेशन तथा साधारण सभा गरिएकाे हाे । सहिद स्मृति सामुदायिक सिकाई केन्द्रकाे आयाेजना र कावासाेती नगरपालिकाकाे सहयाेगमा तालिम सञ्चालन गरिएकाे हाे ।

 

कार्यक्रमकाे प्रमुख अतिथिमा कावासाेती नगरपालिका वडा न १४ का वडा अध्यक्ष जित बहादुर महताे रहनुभएकाे थियाे । कार्यक्रममा बाेल्दै महताेले अचार बनाउने तालिमले महिला दिदी बहिनीहरुलाई घरायसी काम गर्दा गर्दै पनि गराउन सकिने हुनाले थप उर्जा र हाैसला बढेकाे बताएका छन् ।

 

महिला दिदिबहिनीहरुलाई प्रत्यक्ष फाईदा पुग्ने उहाँले बताउनु भएकाे छ ।कार्यक्रममा सहिद स्मृति सामुदायिक सिकाई केन्द्रका अध्यक्ष पूर्ण प्रकास बि.क. काे अध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा कावासाेती १४ , १५ र १६ का २० जना महिलाकाे सहभागिता रहेकाे थियाे ।

 

कार्यक्रममा कावासाेती नगरपालिकाकाे वडा न १७ का अध्यक्ष छविलाल महताे, विनिता गैरे, ईश्वरी ढकाल, डण्डापानी अधिकारी , युक्ति प्रसाद गाैडेल लगायतकाे उपस्थित रहेकाे थियाे ।



सम्बन्धित
Loading...