देवचुलीको प्रशासनिक भवनको मुख्य मन्त्रीले उद्घाटन गर्ने, आज नगरपालिकाको सेवा भने बन्द

नवलपुरकाे देवचुली नगरपालिकाले मुख्यमन्त्री आउने दिन नगरपालिकाकाे सेवा बन्द गर्ने सूचना प्रकाशन गरेकाे छ ।
चैत १६ गते गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेल नगरपालिकाकाे कार्यक्रममा आउने भएपछि सेवा बन्द गर्न लागिएकाे नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गाेविन्द सिग्देलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख रहेको छ।
चैत १६ गते बुधबार नगरपालिकाकाे प्रशासकीय भवन र प्रगतिनगर खानेपानीको ओभरहेड ट्याङ्की उद्घाटन कार्यक्रम रहेकाले नगरपालिकाकाे सबै सेवा बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाकाे प्रशासकीय भवन २०७६ बाटै निर्माण सम्पन्न गरि सेवा दिन थालिएको छ । तिनवर्ष पछि भवनको उद्वघाटन गर्न मुख्यमन्त्री आउन लागेका हुन् ।
नगरपालिकाले भवनको माथिल्लो तलामा हालै मात्र हल निर्माण सकेकाले सम्पूर्ण निर्माण सम्पन्न भएकाे भन्दै चैत १६मा उद्घाटन गर्न लागेकाे जनाएको छ।
कार्यक्रम १६ गते भनिएपनि समय भने उल्लेख गरिएकाे छैन । तर सेवा भने बन्द रहने सूचनामा जनाईएकाे छ।
