अघिल्लो सरकारको ऋणका कारण भने जस्तो विकास गर्न सकेनौंः मुख्यमन्त्री पोख्रेल




नवलपुर । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले पूर्वी नवलपरासीको देवचुलीमा रहेको देवचुली नगरपालिकाको प्रशासनीक भवनको उद्घाटन गरेका छन् ।

त्यसैगरी मुख्यमन्त्री पोख्रेलले बुधबार देवचुली नगरपालिका प्रगतिनगर खानेपानी टंकी ओभर हेडको पनि उद्घाटन गरेका हुन् ।




उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले अघिल्लो सरकारको ऋणका कारण अहिलेको सरकारले विकास गर्न नपाएको बताए ।  उनले आफूहरुले अघिल्लो सरकारको कामलाई पनि प्रथामिकतामा राखेर काम गरेको दावी गरे ।

मुख्यमन्त्री पोख्रेलले देशमा संघीयता आइसकेपनि बजेट विनियोजनमा केन्द्रिकृत प्रणाली कायम रहेकोले स्थानीय तहको क्षेत्रमा सोचे जस्तो विकास हुन नसकेको बताए । उनले बजेटलाई संघीय सरकारले ५०÷५० प्रतिशतमा लैजानु पर्नेमा जोड दिए ।

 

मुख्यमन्त्री पोख्रेलले देश संघीयतामा गएपछि जनताले केही अधिकार पाए पनि देशमा राज्य सञ्चालनको हिसावले प्रदेश र स्थानीय सरकारले संघीयताको आभाष गर्न नपाएको बताए ।

उनले त्रिवेणी कोरला सडक गण्डक प्रदेशको लाइभलाइन सडक भएको बताउँदै त्यसलाई आफ्नो पालामा अगाडि बढाएको बताए । उनले यस बर्ष उक्त बाटो निर्माणका लागि ठेक्का गई सकेको बताउँदै अब छिट्टै सडक निर्माण सकिने बताए ।

कार्यक्रममा संविधान सभा सदस्य कृष्ण पौडेल, गण्डकी प्रदेश सभा सदस्य रोशन गाहाले गण्डकी प्रदेशको अहिलेको सरकारले नेकपा एमाले नेतृत्वको सरकारले गरेका कामहरु लुकाएको आरोप लगाए ।

कार्यक्रममा तिलप्रसाद काफ्ले, खिमानन्द भुसाल लगायतले बोलेका थिए । कार्यक्रम देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

 



सम्बन्धित
Loading...