बसले माेटरसाइकललाइ ठक्कर दिंदा श्रीमान श्रीमतीको निधन, तालमा डुबेर युवकको मृत्यु




रत्ननगर । चितवनको रत्ननगरमा भएको सवारी दुर्घटनामा पनि रत्ननगरका एक दम्पतीको मृत्यु भएको छ ।

 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगरको भानुचोकमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा रत्ननगर २ निवासी ५५ बर्षीय निरञ्जन श्रेष्ठ र उनकी ५० बर्षीया निनतारा श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

 




पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ५ ख १९० नम्बरको मिनीबस र पश्चिमबाट रत्ननगर तर्फ आउदै गरेको बागमती प्रदेश ०३– ००२ प १८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार श्रेष्ठ दम्पतीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको डिएसपी रानाले जानकारी दिए । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको छ ।

 

तालमा डुबेर युवकको मृत्यु

 

कञ्चनपुरको बेलडाँडी गाउँपालिका कुण्डाका अन्दाजी २७ वर्षीय गणेश साउदको तालमा डुबेर आज मृत्यु भएको छ।

महेन्द्रनगरको बस पार्कस्थित होटलमा काम गर्दै आएका साउद वनभोज खान भीमदत्त नगरपालिका–९ स्थित कालिताल झरनामा गएका बेला नुहाउने क्रममा तालमा डुबेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार तालमा डुबेका साउदलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याउनेक्रमा मृत्यु भएको हो।

साउदसँगै होटलका अन्य कामदारसमेत वनभोज खानका लागि कालिताल झर्ना क्षेत्रमा गएका थिए।



सम्बन्धित
Loading...