क्रान्तिकारी माओवादी नवलपुरले निर्वाचन वहिस्कार गर्ने

नवलपुर । पूर्वी नवलपरासीमा नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचनको सशक्त वहिस्कार गर्ने भएको छ ।
नेकपा क्रान्तिकारी माओवादी नवलपुरका आज कावासोतीमा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।
निर्वाचनको नाममा भ्रष्ट्रचारीहरुलाई अनुमोदन गर्ने, निर्वाचनको नाममा हुने आर्थिक चलखेल लगायतका कारण देखाउँदै क्रान्तिकारी माओवादीले नवलपुरमा निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको हो ।
वैठकले नवलपुरमा कथित स्थानीय तह निर्वाचन बहिस्कारका लागि भित्तेलेखन गर्ने, पर्चा पोष्टर पम्लेष्ट वितरण गर्ने, सभा कोण सभा गर्ने, जुलुस गर्ने सम्मको कार्यक्रम तय गरेको वैठकमा सहभागी एक सदस्यले बताए ।
त्यसैगरी वैठकले जिल्ला सेक्रेटरी न्यूजर्सको नेतृृत्वमा २ सय सदस्यीय निर्वाचन बहिस्कार जनपरिचालन कमिटि समेत गठन गरेको छ ।
त्यसैगरी निर्वाचन बहिस्कारका लागि देशभक्त जनगणतान्त्रिक मोर्चा, महिला मोर्चा, युवा मोर्चा लगायतका मोर्चाहरुले पनि सशक्त रुपमा कार्यक्रमलाई अगाडि बढाउने जनाएको छ ।
