थप महंगीको मारमा उपभोक्ता, गाडी भाडा १४ प्रतिशत बढ्यो

सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज (बिहिबार) सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको हो ।
यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरुले भाडा बढाउनुपर्ने माग गर्दै आएका थिए । सरकारले भाडा नबढाए आफैं बढाउने चेतावनी समेत दिंदै आएका थिए ।
रुटगत भाडादर भने आगामी आइतबार प्रकाशित गर्ने विभागले जनाएको छ । प्रतिशत भन्दा पनि रुटगत भाडादर कायम गरिने विभागले जनाएकाे छ ।
चैत अन्तिम साता पोखरामा प्याराग्लाइडिङ प्रतिस्पर्धा हुने

पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । २०औं संस्करणको प्रतियोगिता चैत मसान्तमा हुने आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ । चैत २३ देखी सुरु हुने प्रतियोगिता २५ गतेसम्म सञ्चालन हुने अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । यसवर्ष ‘एक्युरेसी’तर्फ मात्रै प्रतिस्पर्धा प्रतियोगिता हुनेछ ।
बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । यो वर्ष ल्याण्डिङ ओभरअल, महिलातर्फ ल्याण्डिङ, टिम ल्याण्डिङ, एक्युरेसी टेन्डम, एक्युरेसी टेन्डम र एयर सो, कस्टुम विधामा प्रतियोगीले प्रतिस्पर्धा गर्ने छन् ।
ल्याण्डिङ ओभरअलमा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीले क्रमशः नगद ५०, ३०, २० र १० हजार प्राप्त गर्नेछन् । महिलातर्फ ल्याण्डिङ, टेन्डम पुरुष र अन्य बिदाको एक्युरिसी विधा अन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वना तर्फ हुनेले क्रमशः ३०, २०, १० र ५ हजार प्राप्त गर्नेछन् ।
त्यसै गरी टिम एक्युरेसी तर्फ पहिलो, दोस्रो, तेस्रोले २० हजार, १५ हजार र १० हजार तथा एयर सो तर्फ वेस्ट एक्रोबेटिकमा प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजारका साथमा मेडल र प्रमाणपत्र गर्नेछन् । वेस्ट कस्टुमतर्फ नगद १० हजार प्रदान गरिने छ ।
प्रतियोगितामा भाग लिन चैत २० गते सम्म अनलाइनबाट नाम दर्ता गर्न सकिने प्रतियोगिताका निर्णायक योगेश भट्टराईले जानकारी दिए । अहिले नेपाली र विदेशीले अनलाइनबाटै नाम दर्ता गरिरहेका छन् । नेपालभरी ५ जना प्याराग्लाइडिङ पाइलटहरू छन् । कोरोना संक्रमणका कारण यो प्रतियोगिता २ वर्षदेखि रोकिएको थियो ।