अस्पतालमा बिरामीको मृत्यु भएपछि कैलालीमा तनाव


 



कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ ।

 




अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताए ।

 

उनले भन्, ‘आक्रोशित तोडफोडमा उत्रिएपछि भीडलाई तितरवितर गर्न अश्रुग्यास प्रयोग गर्नुपर्यो, स्थिति प्रहरीको नियन्त्रणमै छ ।’ तोडफोडबाट अस्पतालको भ्यान, एम्बुलेन्स र भवनको सिसामा क्षति पुगेको छ ।

 

सो अस्पतालमा गएराति उपचारार्थ भर्ना हुनुभएका गोदावरी नगरपालिका–३ का ३७ वर्षीय विनोदकुमार बोहराको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि बिरामीका आफन्त आक्रोशित भएको जनाइएको छ ।

 



सम्बन्धित
Loading...