नेपाल मगर संघ नवलपुरका जिल्ला अधिवेशन कावासोतीमा




नवलपुर । नेपाल मगर संघ नवलपुरको १२ औं जिल्ला अधिवेशन कावासोतीमा शुरु भएको छ ।
शनिबारबाट शुरु भएको अधिवेशन आइतबार नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।

अधिवेशनको नेपाल मगर संघका केन्द्रिय सदस्य लिला मास्की रानाले गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले मगर समुदायको हकहितका लागि मगरहरु एक हुनु पर्नेमा जोड दिएका थिए ।

 




कार्यक्रममा मगर संघका गण्डकी प्रदेश अध्यक्ष सिद्धान्त थापा, धनबहादुर मास्की राना, तुलबहादुर सुनारी, देवीसरा पुलामी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

बन्द शत्र आइतबार हुने नेपाल मगर संघ नवलपुरका अध्यक्ष इन्द्र फाल मगरले बताए ।

 

कार्यक्रममा उपाध्यक्ष मेखबहादुर सारु मगरले स्वागत मन्तव्य राखेका थिए भने इन्द्र फालमगरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

 

 



सम्बन्धित
Loading...