भरतपुर आँपटारीमा करेन्ट लागेर एक जना सफाइकर्मीको मृत्यु


 



भरतपुर । भरतपुर १ आँपटारीस्थित तौलपुलनजिक करेन्ट लागेर एक जना सफाइकर्मीको मृत्यु भएको छ ।

 




सडक विभागबाट खटिएका देवघाट ५ बस्ने ५५ वर्षका भीमबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

 

उनलाई सडक छेउको नालीमा सरसफाइ गर्ने क्रममा करेन्ट लागेको थियो ।

केही दिनदेखि तार चुँडिएर भुइँमा लत्रिएको र सोही ठाउँमा सरसफाइ गर्दा उनलाई करेन्ट लागेको स्थानीय बताउँछन् ।

 

प्रहरीले पनि लत्रिएको तार वरपर सफाइ गर्दा नै अचानक करेन्ट लाग्न गई मृत्यु भएको जनाएको छ ।

 

शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पताल ल्याइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...