ग्यास सिलिण्डर विस्फोट हुँदा तीन बालबालिकाको निधन




सिन्धुपाल्चोकमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुदा तीन बालबालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बाह्रबिसे नगरपालिका वडा नम्बर ८ मानेश्वाराको लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो ।




मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा हिजो बेलुकी ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मीनबहादुरको उपचार भइरहेको छ ।

 

कस्तो रहनेछ आजको मौसम ?

 

हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ। प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ को पहाडी भू-भागका केही स्थानमा र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ को पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।



सम्बन्धित
Loading...