मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


 



काठमाडौंको स्यूचाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

 

बागमती प्रदेश–०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २२ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सन्जिव शर्माले बताए ।

 




डिभाइडरमा मोटरसाइकल ठोक्किएर गम्भिर घाइते भएकी दर्नालको उपचारको क्रममा कलंकीस्थित नेशनल अस्पतालमा गएराति मृत्यु भएको थियो ।

 

उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

 



सम्बन्धित
Loading...