बाघको आक्रमणबाट एक जनाको मृत्यु


 



 चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

 




माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश बिकको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो ।

 

भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ बिकलाई बाघले आक्रमण गरेको थियो ।

 

आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो ।

 

बाघको आक्रमणबाट बिकको घटनास्थलमा नै मृत्यु भएको उहाँकाे भनाइ छ ।

 

बिकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको निकुञ्जले जनाएको छ ।



सम्बन्धित
Loading...