कावासोती २ मा संचालित स्क्रिन प्रिन्ट तालिम सम्पन्न


 



 

कावासोती नगरपालिका वडा नम्बर २ को आयोजनामा बुधबार देखि संचालित स्क्रिन प्रिन्ट तालिम सोमबार समापन भएको छ । वडा भित्र सिप विकास गरि रोजगारीको सिर्जना गर्न आयोजना गरिएको तालिम सोमबार समापन गरिएको हो । तालिममा वडा भित्रका विभिन्न टोलका सहभागी रहेका थिए।

 




 

तालिम समापन कार्यक्रम वडा अध्यक्ष लक्ष्मि प्रसाद पौडेलको अध्यक्षतामा भएको थियो । समापन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले सिप सिकेर केही उद्यम गर्न आग्रह गर्दै सो समयमा थप पुर्नताजगी तालिमको आवश्यकता भए आफूहरुले त्यसको प्रबन्ध गर्ने समेत बताउनुभयो ।

 

कार्यक्रममा वडा सदस्यहरु शिव प्रसाद पाण्डे,झमान सिंह कानुन, भुमा पुनले बौल्दै तालिमलाई तालिमको लागि मात्रै सिमिति नराखी सिकेका सिपको प्रयोग गरि स्वरोजगार बन्न शुभकामना दिएका थिए ।

 

 

स्क्रिन प्रिन्ट तालिममा सहभागिहरुले समापन कार्यक्रममा बोल्दै तालिम प्रभावकारी भएको बताएका थिए । उनिहरुले भोलीका दिनमा समेत वडामा यस्तै सिप मुलक तालिम संचालन गर्दै जान आग्रह समेत गरेका थिए । चैत १६ गतेबाट संचालित स्क्रिन प्रिन्ट तालिममा लिलाधर भट्टराई र हरि प्रसाद पौडेलले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

 

 

 



सम्बन्धित
Loading...