एक युवक प्रहरी हिरा-सतमै घाँटी रेटे’को अवस्थामा भेटिए

बुटवलमा प्रहरी हिरासतमा रहेका एक जना युवक घाँ’टी रेटे’को अवस्थामा भेटिएका छन् । तामाको तार चो’री गरेको अभियोगमा बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरा’सतमा रहेका रुपन्देहीका देवदह खैरनीका २८ वर्षीय रुद्रबहादुर नेपाली घाँटी रे’टिएको अवस्थामा फेला परेका हुन् । आफन्तले घट’ना शं’कास्पद भएको बताएका छन्।
बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तारहरू चो’री भएको उ’जुरीका आधारमा प्रहरीले शनिबार नेपालीलाई कवाडखानामा तामा बेच्दै गरेको अवस्थामा प’क्राउ गरेको थियो ।
शनिबार प-क्राउ परेका नेपाली सोमबार मध्या-न्ह घाँ-टी रे-टिएको अवस्थामा भेटिएपछि प्रहरीले तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी ठगबहादुर केसीले बताए ।
उनले हिरा-सतमै आ-त्मह-त्याको प्रयास गरेर घाँटीमा चो-ट लागेको बताए । उनको अवस्था ग’म्भीर रहेको छ । नेपालीकी दिदी मनकुमारीले घटना शं;कास्पद भएको बताइन् ।
उनले भनिन्, ‘यसबारे छानबिन गर्नुपर्छ ।’ उनले आफूलाई अस्पतालमा झुक्याएर हस्ताक्षर गर्न लगाएको बताइन् । यता घटनाका बारेमा थप अनु-सन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए । नेपाली बुटवलको देविनगरमा भाडामा बस्दै आएका थिए ।