विप्लव नेतृत्वको नेकपाको कार्यालय भवन प्रहरीले डोजर लगाएर भत्कायो


बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको रुपन्देही जिल्ला पार्टी कार्यालय बुटवलको पाल्पारोडस्थित ‘रातो घर’ नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले डोजर लगाएर भत्काएका छन् ।



नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडी सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो । उक्त भवन विगत १३ बर्षदेखि पार्टी कार्यालयको रुपमा प्रयोगमा आएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको भवन सो पार्टीले कब्जा गरेर प्रयोग गर्दै आएको आरोप लगाउँदै प्रहरीले उक्त रातो घर’ भत्काएको हो ।




सुरुमा तत्कालीन नेकपा (माओवादी)को कार्यालय रहेको सो भवनलाई केही समय वैद्य नेतृत्वको माओवादीले समेत उपयोगमा ल्याएको थियो । त्यसपछि विप्लव नेतृत्वको नेकपाले सो भवनलाई कार्यालयको रुपमा सञ्चालनमा ल्याएको थियो ।



सम्बन्धित
Loading...