कक्षा १० मा अध्ययनरत छात्राको आफ्नै साथी द्वारा ह`त्या


 



 

उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राको ह`त्या भएको छ । ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको श`व मंगलबार बिहान यसोदा खोला नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवास बोहराले  बताए ।

 

 




घरबाट स्कुल आउँदै गर्दा उनको क्रु-र  ह`त्या भएको भन्दै कोशी जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य नारायण शाहले घ`टनाको अ-नुसन्धान र निष्पक्ष छानबिनको माग गरेका छन् ।

 

 

बेलका नगरपालिका–६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कविताको ह`त्या गरेको आरोपमा प्रहरीले दुईजनालाई प`क्राउ गरेको छ । प-क्राउ पर्नेमा सरिता ढकाल खत्री र १९ वर्षका बिनोद ढकाल छन् । सरिता र कविता कोशी जनतामासँगै अध्ययनरत थिए ।

 

 

सरितासँग केही दिनअघि भएको सामान्य वि-वादका कारण दुईजना मिलेर बियरको बोत्तलले हि`र्काएर उनको ह`त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । स्कुल पुग्नुभन्दा करिब ७ सय मिटर पर ह`त्या भएको र घ-टनाबारे अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।

 



सम्बन्धित
Loading...