नवलपुरका बालबालिकालाई स्कूल स्कू्रलमा टाइफाइड विरुद्धको खोप, ८० देखि ८५ हजारलाई लगाउने लक्ष्य




कावासोती । नवलपुरका १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई अाजदेखि स्कूल स्कूलमा टाइफाइड विरुद्धको खोप लगाइएकाे छ ।

नवलपुरमा ८० हजारदेखि ८५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ ।

 




स्वास्थ कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार चैत्र २४ गते अाजदेिख देवचुली नगरपालिका, कावासोती नगरपालिका, हुप्सेकोट गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकामा टाइफाइट विरुद्धको खोप लगाइएकाे हाे ।

 

त्यसैगरी मध्यविन्दु नगरपालिका, गैडाकोट नगरपालिका र बौदीकाली गाउँपालिकामा २५ गतेदेखि र बुलिङ्गटार गाउँपालिकामा २७ गतेदेखि खोप लगाइने छ ।

 

चैत २४ गतेदेखि सुरु हुने अभियानमा २ सय ५० वटा खोप केन्द्रबाट खोप लगाइने कार्यालय प्रमुख चापागाईंले जानकारी दिए ।

 

विद्यालय जाने उमेरका बालबालिकाले आफू अध्ययन गर्ने विद्यालयमा खोप लगाउन पाउने छन् भने विद्यालय नजाने र विद्यालय जान नसक्ने उमेरका बालबालिकाले नजिकैको विद्यालयमा गएर खोप लगाउन सक्ने छन् ।

 

खोप केन्द्रमा ३१० स्वास्थ्य कर्मी परिचालन गिरिने छ । टाइफाइड विरुद्धको खोप सम्बन्धित खोप केन्द्रमा पुगिसकेको उनले बताए । नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो ।



सम्बन्धित
Loading...