३५ वर्षीया महिलाको शव फेला, हत्या भएको आशंका


 



 

गोरखा नगरपालिका–९ लक्ष्मीबजारकी ३५ वर्षीया फुलमाया सिर्मल मृत अवस्थामा भेटिएकी छन् ।

 




गोरखा नगरपालिका-६ भिआइपी टोल स्थित नरेश श्रेष्ठको घर अगाडी बारीमा वुधवार बिहान उनको शव भेटिएको हो ।

 

‘घटनास्थलमा रगत पनि देखिएको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले भने, ‘कसैले हत्या गरेको हुनसक्ने अनुमान पनि गरेका छौं।’

 

मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

 

 



सम्बन्धित
Loading...