यस्तो छ कावासोतीमा चुनावी सरगर्मी, सांसददेखि कार्यकर्तासम्म आकांक्षी



रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोती नगरपालिका सदरमुकाम रहेको नगरपालिका रहेका कारण पनि दलहरुले स्थानीय तहको निर्वाचनमा निक्कै महत्वका साथ हेर्ने गर्दछन् । कावासोती नगरपालिकामा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संघीय समाजवादी पार्टी, जनमुक्ति पार्टी, राप्रपा लगायतका दलहरुले उमेदवार उठाउने तयारी गरेका छन् ।



यस अघिको निर्वाचनमा कावासोती नगरपालिकामा मेयर उपमेयर सहित ८ वडा अध्यक्षमा नेकपा एमालेले जित हात पारेको थियो । त्यसो त अहिले सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संघीय समाजवादी पार्टी र जनमोर्चाले संयुक्त रुपमा गठबन्धन गराए निर्वाचनमा गए नेकपा एमालेलाई कावासोतीमा जित हात पार्न फलामको चिउरा चपाउन सरह हुने देखिन्छ ।

कावासोती नगरपालिकामा नेपाली काँग्रेसबाट नगरप्रमुखमा मात्रै २२ जना आकांक्षी देखिएका छन् भने नेकपा एमालेबाट पूर्व सांसद, बहालवाला प्रदेश सभा सदस्य, संविधान सभा सदस्यदेखि नगर स्तरको नेताहरुले समेत आकांक्षा देखाएका छन् ।




कावासोतीको नगरप्रमुखमा कांग्रेसबाट २२ जनाको दाबी

जिल्ला सदरमुकाम समेत रहेको कावासोती नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसबाट २२ जनाले आफ्नो दाबी पेश गरेका छ्न ।

नेपाली कांग्रेस कावासोतीले आयोजना गरेको उम्मेदवारी स्वघोषणा कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरे, जिल्ला सचिव महेन्द्र पोख्रेल सहितका नेताहरुले कावासोतीको नगरप्रमुख पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

त्यसैगरी उपप्रमुख पदमा भने ४ जनाको मात्रै दाबी परेको कांग्रेस कावासोतीले जनाएको छ ।
पाँच दलिय गठबन्धन हुने तय भए सँगै कावासोतीको प्रमुख पदमा आकांक्षीको संख्या बढेको एक जना कांग्रेस नेताले बताए ।

कतिपयले आफू निकटका व्यक्तिलाई समर्थन गरेर छोड्नका लागि पनि उम्मेदवारी घोषणा गरेको हुन सक्ने काँग्रेस पार्टी भित्र अनुमान गरिएको छ । गठबन्धन हुने भए पछि उपमेयर पद दोस्रो ठूलो नेकपा माओवादी केन्द्र वा अन्य दललाई दिने पर्ने हुन सक्दाले आकांक्षीको संख्या कम देखिएको छ ।

काँग्रेसबाट नगर प्रमुखमा कपिलदेव भुसाल, कमलराज गुरौ, शालिकराम सापकोटा, झपिन्द्रेश्वर भुसाल, विष्णु देवि पाण्ड, हेमप्रसाद पाण्डे, सुरज गुरु·, बावुराम कंडेल, पूर्णलाल सापकोटाले दावी गरेका छन् ।
त्यसैगरी ऋषिराम कंडेल, दुर्गा रिजाल, सीता कुंवर, सरस्वती तिमिल्सिना, एक नारायण अधिकारी, श्यामप्रसाद श्रेष्ठ, डि.वी (धन बहादुर) चौधरी, शालिकराम ढकाल, शिवप्रसाद भट्टराई, अर्जुन रिजाल र रामचन्द्र भण्डारीले नगर प्रमुख पदमा काँग्रेसबाट उमेदवार बन्ने आकांक्षा देखाएका छन् ।

त्यसैगरी नगर उपप्रमुख पदमा नेपाली काँग्रेसबाट गुन्जेश्वरी महतो, जानुका पन्त ढुंगाना, बाल कुमारी महतो र गोमाया खण्डलुकले दावी प्रस्तुत गरेका छन् ।

एमालेबाट नगर प्रमुखमा सांसददेखि उपप्रमुखसम्म आकांक्षी

यस अघिको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जित हात पारेको नवलपुरको कावासोती नगरपालिकामा एमालेबाट नगर प्रमुखमा आकांक्षीहरुको चर्चा शुरु भएको छ ।
त्यसो त एमालेले आकांक्षीहरुलाई सामाजिक सञ्जालमार्फत उमेदवार घोषणा नगर्न उर्दी नै जारी गरेपछि सामाजिक सञ्जालमा एमालेका आकांक्षीहरुले उमेदवारी घोषणा गरेका छैनन् ।

कावासोतीमा संविधान सभा सदस्य एवम पूर्व सांसद तथा नेकपा एमाले नवलपुरका पूर्व पश्चिम जीवन श्रेष्ठ, संविधान सभा सदस्य एवम् हालका गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहासम्मको नाम अहिले कावासोतीको नगर प्रमुख पदमा एमालेबाट चर्चामा रहेका छन् । तथापि दुवै जनाले सार्वजनिक कार्यक्रममा यस विषयमा मुख खोलिसकेका छैनन् ।

त्यसैगरी पदमा जिसी, विष्णु भुसाल, भोजराज दाहाल, कावासोतीमा नगरउपप्रमुख प्रेमशंकर मर्दनिया, रामकृष्ण ढुंगानाको नाममा पनि मेयर पदमा चर्चामा रहेका छन् ।

उपमेयरमा भने अहिले नेकपा एमालेबाट नाम खासै चर्चामा रहेका छैनन् । कावासोती नगर प्रमुख चन्द्रकुमारी पुनले भने नगरप्रमुख पुन दोहोरिने इच्छा देखाएका छैनन् ।

नेकपा माओवादी केन्द्र कावासोतीमा मेयर उपमेयरमा ९ जना आकांक्षी

नवलपुरको कावासोतीमा स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रमा नगर प्रमुख उपप्रमुखका लागि ८ जना आकांक्षी देखिएका छन् ।

कावासोती नगरपालिकामा नेपाली काँग्रेस लगायतका सत्ता गठबन्धनसँग तालमेल गरेर निर्वाचनमा जाने भएपछि नेकपा माओवादी केन्द्रमा पनि आफ्नो भागमा पाउने पदका लागि पार्टी भित्र आकांक्षीहरु धेरै देखिएका छन् ।

माओवादी केन्द्रबाट नवलपुरको कावासोतीमा नगर प्रमुखमा चेतनाथ पोख्रेल, डासीराम बस्याल, सिर्जना गैरे, बलराम ढकालको नाम चर्चामा रहेको छ ।

यस अघिको स्थानीय तहको निर्वाचनमा डासीराम बस्याल माओवादी केन्द्रबाट नगर प्रमुखमा उमेदवार भएका थिए । उनले यस अघिको निर्वाचनमा तेस्रो स्थान हासिल गरेका थिए ।

त्यसैगरी उपप्रमुखमा रमिला भुजेल, सरला पोख्रेल, सरला खनाल, पतिराम थनेत र खड्ग नारायणा महतो आकांक्षी देखिएका छन् ।

रमिला भुजेल यस अघिको निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रबाट उपमेयरमा उमेदवार भएका थिए ।
माओवादी केन्द्रले कावासोतीमा कावासोती १६ मा जित हात पारेको थियो भने कावासोती १४ मा सम्मानजनक मत प्राप्त गरेको थियो ।

नेकपा एसबाट पनि उस्तै आकांक्षी

नवलपुरमा आफूलाई शक्तिशाली पार्टीको रुपमा दावी गरेको नेकपा एकीकृत समाजवादी पार्टी भित्र पनि कावासोती नगरपालिकामा नगरप्रमुख र उपप्रमुखका आकांक्षीहरु प्रसस्तै देखिएका छन् ।

नेकपा एसबाट जिल्ला अध्यक्ष सालिकराम भट्टराई सहितका ५ जनाले नगरप्रमुखमा आकांक्षा देखाएका छन् । यहाँ ठाकुर पराजुली, गोविन्द सुनार, गिरीराज सिग्देल, कपिल काफ्लेले नगर प्रमुख पदमा उमेदवार हुने आकांक्षा देखाएका छन् ।

त्यसैगरी नगर उपप्रमुखमा प्रेमकुमारी शर्मा, प्रेमबहादुर पाण्डे र नन्दकला सिग्देलले पनि आकांक्षा देखाएका छन् ।

संघीय समाजवादी पार्टीका आकांक्षी

डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबाट कावासोतीमा मेयर उपमेयरमा ४ जना आकांक्षी देखिएका छन् ।
नगरप्रमुखमा लालकृष्ण भुसाल, ओम महतो, नगर उपप्रमुख नानुमाया महतो र बेलबहादुर बराल आकांक्षी देखिएका छन् ।

राप्रपाबाट ४ जना

राजेन्द्र लि·देल नेतृत्वको राप्रपाबाट पनि कावासोती नगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा ४ जनाले आकांक्षा देखाएका छन् ।
यहाँ राप्रपाबाट नगरप्रमुख र उपप्रमुखमा शुशिला थापा, गुणाखर काफ्ले, छत्रराज बगाले र रामबहादुर श्रेष्ठले आकांक्षा देखाएका छन् ।

 



सम्बन्धित
Loading...