विप्लव पनि सत्ता गठबन्धनमा, एमाले थप अप्ठेराेमा

निर्वाचन बहिस्कार गर्ने कि सहभागी हुने भन्ने अलमलमा रहेकाे विप्लप नेतृत्वकाे नेकपा पनि सोा गठबन्धनमा हाेमिएर निवार्चनमा जाने भएकाे छ ।
स्थानीय तहको निर्वाचनका लागि प्युठानमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा पनि सत्तारुढ गठबन्धनमा समावेश भएको छ ।
नेकपाले माण्डवी गाउँपालिकाको चुनावमा सबै पार्टीको अस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निर्णय गरेको हो ।

शुक्रबार गठबन्धनद्वारा जारी प्रेस विज्ञप्तिमा नेकपाका नेता हरि बस्नेतले हस्ताक्षर गरेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये माण्डवी गाउँपालिकालाई विप्लव नेतृत्वको नेकपाले आफ्नो प्रभाव क्षेत्रका रुपमा लिने गरेको छ ।
नेकपाभित्र निर्वाचनमा भाग लिने विषयमा मतभेद छ । पार्टीभित्रको वहुमत पक्ष निर्वाचनमा भाग लिन नहुने पक्षमा छ । तर महासचिव विप्लव पक्ष भने चुनावमा भाग लिने पक्षमा छ ।
