तेस्रो स्थान हासिल गर्न सफल गोल्डेन फ्युचर सेकेन्डरी बोर्डङ्ग स्कुलका दुई विद्यार्थी


 



गोल्डेन फ्युचर सेकेन्डरी बोर्डङ्ग स्कुलका दुई विद्यार्थी पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गर्ने सफल पर्सा जिल्लामा भएको पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा  गोल्डेन फ्युचर सेकेन्डरी बोर्डङ्ग स्कुलका दुई विद्यार्थी तेस्रो स्थान हासिल गर्न सफल भएका हुन्।

 

 




गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै मध्यविन्दु नगरपालिका निवासी ईशा महतो र आभास महतोले तेस्रो स्थान हासिल गरेका हुन्।

 

तेक्वान्दो प्रशिक्षक विशाल महतोले गोल्डेन फ्युचर सेकेन्डरी स्कुलका प्रध्यानाध्यापक कान्त मणी चौधरीलाई ट्रेनिङ्गको लागि उपयुक्त स्थान उपलब्ध गराएकोमा विशेष धन्यवाद दिदै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको मा विजेताहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

 

सो प्रतियोगिता पर्सा जिल्ला तेक्वान्दो कार्य समिति ( नेपाल तेक्वान्दो संघ) द्वारा टाउन हल, आदर्शनगर, विरगन्ज पर्सामा चैत २५ र २६ गते आयोजना गरिएको हो।

उक्त प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेशका १४ समूहबाट ३०० खेलाडी सहभागी भएका हुन्।

 



सम्बन्धित
Loading...