लामखुट्टे धपाउन बालिएको धूपले आगलागी


 



 

रौतहटको कटहरिया नगरपालिका २ हंथियाही गाउँ स्थित २ घर गोठमा भएको आगलागीमा लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

 




लामखुट्टे धपाउन बालिएको धूपबाट सल्किएर आज सोमबार बिहान ३ बजे स्थानीय सुनिल कुमार झाको गोठमा आगलागी भएको थियो ।

 

आगलागीबाट गोठ तथा गोठभित्र राखिएको काठ र फर्निचर जलेर २ लाख बराबरको क्षति भएको पीडित झाले बताएका छन् ।सोही गोठ बाट सल्किएर छेउमै रहेको नरेन्द्र झाको गोठमा समेत आगलागी भएको थियो ।

 

 

लगत्तै स्थायी प्रहरी चौकी छेदिचौकबाट गएको टोली र गाउँलेहरू मिलेर आगलागी नियन्त्रणमा लिएका थिए । नरेन्द्र झाको गोठमा आंशिक रूपमा भए पनि ५० हजार बराबरको क्षति भएको पीडित परिवारले जानकारी दिएका छन् ।

 

बिहानीपख गाउँलेहरू गोठ तथा खेत तर्फ तत्काल पुगेकाले ठुलो क्षति हुन बाट जोगिएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेश गुप्ताले जानकारी दिएका छन् ।v

 



सम्बन्धित
Loading...