नवलपुरमा दुई दुर्घटनामा ३ घाइते


 



नवलपुर । पूर्वी नवलपरासीमा हिजो छुट्टाछुट्टै दुई दुर्घटनामा ३ जना घाइते भएका छन् ।

 

 




ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार हिजो पुर्व पश्चिम राजमार्ग अन्र्तगत गैडाकोट नगरपालिका ८ जयश्री पुलमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको बाग्मती प्रदेश ्र.०१०२६च२५११ नम्बरको कार्गो डेलिभरी भ्यानले बाटो क्रस गर्दै गरेको साईकललाई ठक्कर दिंदा साईकल यात्री एक महिला घाइते भएकी हुन् ।

 

घाइते हुनेमा पूर्वी  नवलपरासीको गैडाकोट नगरपालिका ४ बस्ने अन्दाजी ४५ वर्षिया महिला गिता थापा छन् । घाइतेको टाउको, मुख र शरिरको बिभिन्न भागमा गम्भिर चोट आएको छ ।

 

उनको  पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ हाल उनको अवस्था मध्यम छ ।
प्रहरीले भ्यान चालक, भ्यान र साईकल ईलाका प्रहरी कार्यालय गैडाकोटको नियन्त्रणमा रहेको बताएको छ ।

 

त्यस्तै ईलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार हिजो पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालीका वडा  नम्बर २ आठघरे स्थित भित्री सडक खण्डमा दक्षिण बाट उत्तर तर्फ जादै गरेको लु१ह ३६८ नम्बरको अटो आँफै अनियन्त्रीत भई सडकमा पल्टन जाँदा दुई जना यात्रु घाइते भएका छन् ।

 

प्रहरीका अनुसार घाईते हुनेमा बिनयी त्रिवेणी गाउँपालीका घडेरीटाँडी बस्ने अन्दाजी २८ वर्षिय सन्तोष बि.क. तथा अन्दाजी २५ वर्षिय सुरज मगर रहेका छन् । सन्तोष बि.क. को बायाँ हात र खुट्टामा र सुरज मगर को बायाँ खुट्टामा चोट आएको  छ ।

 

प्रहरीले दुवैको अवस्था मध्यम रहेको र दुवैकोे डाडाजोर बस्ने सोही अटोका चालक ३७ वर्षिय रामु बस्याल द्वारा नयाँ मेडिकल भरतपुरमा उपचार भईरहेको र अटो प्रहरीको हिरासतमा रहेको बताएको छ ।

 

 

यी हुन् किशोरावस्थाको ब्रेकअप भुलाउने ४ उपाय

 

भनिन्छ नि, प्रेमको उमेर हुन्न। प्रेमले स्वास्थ्यमा निकै फाइदा गर्छ। शरीरमा सकारात्मक उर्जा भर्छ। प्रेम जुनसुकै उमेरमा पनि हुन्छ। त्यसैले ते किशोर उमेर होस्, प्रौढ वा वृद्ध, जुनसुकै उमेरमा पनि प्रेमको जालमा मान्छे सजिलै फस्न सक्छ।

 

प्रेम सम्बन्ध स्वस्थ छ भने त स्वास्थ्यलाई फाइदा गर्छ तर जब प्रेममा शंका अनि तनाव उत्पन्न हुन्छ त्यसलै झनै असर गर्छ। उमेर अनुसारको प्रेम र त्यसबाट उत्पन्न हुने तनाव तथा अवसादको प्रतिक्रिया भने उमेरअनुसार फरक हुन्छ।

 

वृद्धावस्थामा हुने प्रेमको उल्झन् वा तनाव रुपमा व्यवस्थापन हुनसक्छ। किशोरकालको प्रेमले ल्याएको तनाव र उल्झन तुलनात्मक रुपमा जटिल मात्र होइन व्यवस्थापन गर्न कठिन किसिमको समेत हुनसक्छ।

 

किशोरकाल अनुभवको काँचो उमेर भएकाले सामान्य समस्याको परिणाम पनि जटिल हुनसक्छ। अभिभावक सचेत हुने हो भने किशोर उमेरका सन्तानलाई ब्रेकअपपछि पनि सहज अवस्थामा फर्काउन सक्छन्।

खुलेर कुरा गर्नुस्

सानै उमेरमा प्रेम गर्ने भन्दै हप्काउनुको साटो उनीहरूसँग खुलेर कुरा गर्नुस्। यसले उनीहरु तनावबाट बाहिर आउन सक्छन्। कसरी ब्रेकअप भयो भनेर सोध्नुस् र त्यसबाट बाहिर आउने उपाय बताउनुस्। प्रेम र आकर्षणको सम्बन्ध बुझाउनुस्। किशोर कालमा हुने प्रेम वास्तविक प्रेम नभई आकर्षण हो भन्ने तर्कसहित बुझाउनुस्।

 

 

पढाइको महत्व बुझाउनुस्

किशोरकालमा हुने प्रेम सम्बन्ध र त्यसबाट उत्पन्न समस्याले बढाउने तनावको असरले पढाइमा प्रत्यक्ष प्रभाव पार्छ। आफ्ना सन्तानलाई पढाइको महŒवबारे सम्झाउनुस्। अहिले उमेर पढ्ने उमेर भएकाले प्रेममा भन्दा पढाइमा ध्यान दिन आग्रह गर्नुस्। पढाइ सक्किएपछि गरिने वा हुने प्रेम वास्तविक हुन्छ र त्यसले ल्याउने सुखद् हुने भनी बुझाउनुस्। प्रेमका कारण बिग्रने पढाइले जीवनमा पार्ने असरबारे केही उदाहरणसहित बुझाउनुस्। आफूले सम्झाउन नसके परामर्शदाताको सहयोग लिनुस्।

 

साथीसँग बुझ्नुस्

अभिभावकले थाहा पाए समस्या अझ चर्किन्छ भनेर तपाईंका सन्तानले धेरै कुरा लुकाएका हुनसक्छन्। समस्या समाधानका लागि पहिला आफ्ना सन्तानको विश्वासपात्र बन्नुहोस् या विश्वासपात्र खोज्नुहोस्। साथीसँग वा विश्वासपात्रसँग खुलेर कुरा राख्छन् भने तिनलाई घरमा बोलाउनुहोस्। साथीसँग कुरा गर्नुहोस्। आफ्ना समस्या राख्न सहजीकरण गर्नुहोस्। यसले गलत निर्णयमा पुग्नबाट रोक्न सकिन्छ।

 

सोखको प्रशंसा गर्नुहोस्

किशोर उमेरमा केही न केही सोख सुरु हुन्छ। कसैलाई गीत गाउन मन पर्छ, कोही गितार या यस्तै वाद्ययन्त्र बजाउन चाहन्छन्। कोही गीत, कविता लेख्न मन पराउँछन्। चित्रकलामा पनि रुचि बढ्न सक्छ। आफ्ना सन्तानले जेमा रुचि देखाएको छ, त्यसैमा अगाडि बढ्न हौसला दिनुहोस्।

 



सम्बन्धित
Loading...