यी हुन ५ लाख घुससहित पक्राउ मालपोत प्रमुख झा




मालपोत कार्यालय धनुषाका निमित प्रमुख सुनिलकुमार झा ५ लाख रुपौयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले जनकपुरधामको भानुचौकबाट झालाई नियन्त्रणमा लिएको हो ।

 




जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि झाले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

रामकुमार महतो, सरिताकुमारी महतो र भाइबुहारी इसैरदेवी महतोको संयुक्त नाममा रहेको धनुषा झिझिकटैयाको जग्गामा विक्रम झाले हक साफ मुद्दा दायर गरेका थिए ।

 

मुद्दाको पेशी चैत १४ गते भएको थियो । निर्णय सुनाउने मिति २१ गते बोलाइएकोमा फैसला सुनाएवापत् घुस मागेको आरोप झा माथि लागेको छ ।

 

पेस्तोलसहित जनकपुरबाट दुई युवा प क्राउ

 

अटोमेटिक पेस्तोलसहित जनकपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

रामानन्द चोकबाट अस्पताल रोडतर्फ जाँदै गर्दा प्रादेशिक अस्पताल अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका–१ घर भई जनकपुरधाम ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंह रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए।

उनका अनुसार ज ७ प ७९३२ नम्बरको मोटरसाइकलमा सवार भई हतियारसहित दुबैजना हिडेको गोप्य सूचनाका आधारमा उनीहरुलाई खानतलासी गरिएको थियो।

दुवैलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा १० दिनको मुद्दा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।



सम्बन्धित
Loading...