अागलागीमा परी भारतमा नेपाली बालकको जलेर मृत्यु (तस्वीर छाेएर RIP लेखिदिनु हाेला)




भारतमा आगलागीमा परेर अर्घाखाँचीका एक बालकको मृत्यु भएको छ ।

रोजगारीका लागि भारत गएका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भिम बहादुर मुखियाकोे हिसारस्थित राम चाट भण्डारमा आगलागीमा परि मंगलबार मृत्यु भएको मुल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसारका नगर कमिटीका सचिव तारा सोमरेले बताएका छन ।




आगलागीको समयमा उनी बाहिर निस्कन नसक्दा घटनास्थलमै मृत्यु भएको सचिव तारा सोमरेले बताएका हुन् । उक्त चाट भण्डारमा कामगर्ने अन्य ९ जना नेपालीले भने भागेर ज्यान जोगाएका छन ।

एक महिना अघिदेखि राम चाट भण्डारमा मुखियाले काम गदै आएका थिए ।

 

मुखियासहित १० जना नेपाली मजदुरहरूले काम गर्दै आएको चाट भण्डारमा मंगलबार बिहान करिब ५ बजे विद्युत् सर्ट भई आगो लाग्दा सोही पसलमा दुई महिनादेखि काम गर्दै आएका मुखियाको ज्यान गएको छ भने अन्य पाँच नेपाली सामान्य घाइते भएका छन् ।

आगलागीका कारण अन्य कामदार बाहिर निस्कन सफल भएको भए पनि बालक मुखियाबाहिर निस्कन नसकेपछि जलेर ज्यान गएको त्यहाँबाट स्थानीय नारायण न्यौपानेले जानकारी दिए । मृतक मुखियाका बुवा हिमबहादुर मुखिया पनि भारतमा मजदुरी गर्छन् ।



सम्बन्धित
Loading...