एमालेः नवलपुरको देवचुलीमा मेयर ७, उपमेयरका १० आकांक्षी


 



नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरमा १७ जना आकांक्षी देखिएका छन् ।

 

देवचुलीमा बसेको नेकपा एमालेको विस्तारित भेलामा लिइएको आकांक्षीहरुको नामावली संकलनमा देवचुली नगरपालिका नेकपा एमालेबाट नगर प्रमुखमा ७ जना र उपप्रमुखमा १० जनाको आकांक्षा देखाएका हुन् ।

 




नगर प्रमुखमा यस अघि पराजित उमेदवार हरि न्यौपाने, हालका उपप्रमुख पार्वता तिवारी, प्रगतिनगर खानेपानीका अध्यक्ष खिमानन्द भुसाल, पत्रकार होमनाथ जैसी, धर्म भुसाल, नरदेव न्यौपाने र रामप्रसाद मरासिनीले आकांक्षा देखाएका छन् ।

 

त्यसैगरी उपप्रमुखमा तिलप्रसाद पाठक, युवराज वाग्ले, शिवहरि अधिकारी, टोपराज कोइराला, रिमबहादुर आले, कल्पना देवकोटा, डिला पराजुली, दिनानाथ भुसाल र कल्पना सापकोटाले आकांक्षा व्यक्त गरेका छन् ।

 

देवचुली नगरपालिकामा यस अघि नगर प्रमुखमा नेपाली काँग्रेसका पूर्णकुमार श्रेष्ठ र नगर उपप्रमुख नेकपा एमालेबाट पार्वता तिवारीले जितका थिए ।

 



सम्बन्धित
Loading...