साउदीको रियादमा ९ वैशाखदेखि नेपाल एयरलाइन्सको नियमित उडान




आगामी ९ वैशाख २०७९देखि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा नियमित उडान सुरु गर्ने भएको छ । पहिलो पटक राष्ट्रिय ध्वजाबाहक विमानले साउदी रियादमा नियमित उडान गर्न लागेको हो ।

नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिइसकेको छ । साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने गरी अनुमति पाएको थियो ।

 




निगमले व्यवसायिक योजना अनुरुप काठमाडौं-रियाद-काठमाडौं सेक्टरमा नियमित उडान सुरु गर्न लागेको हो । यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरेपनि अनुमति पाएको थिएन ।

यसअघि हिमालय एरलाइन्सले मात्रै साउदीमा उडान अनुमति पाएको थियो । अब निगमको पनि नियमित उडान भएपछि यो रूटमा भाडा सस्तिने अनुमानमा छ ।

 

प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को टोलीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच भेटका क्रममा नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन र निर्धारित स्थानीय तह निर्वाचनबारे कुराकानी भएको बताइएको छ ।

 

सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाण, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, तथा नेकपाका तर्फबाट महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए । भेटमा मुख्यगरी सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा उल्लेखित विभिन्न आरोपमा जेलमा रहेका नेकपामा नेता कार्यकर्ताको रिहाइ र अदालतमा रहेका मुद्दा फिर्ताबारे छलफल भएको बताइएको छ ।



सम्बन्धित
Loading...