‘ए मेरो हजुर ४’को प्रिमियर


 



अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’को आज काठमाडौँको बिग मुभिजमा प्रिमियर गरिएको छ ।

 

 

झरना थापाले निर्देशन गरेको फिल्म नयाँ वर्षको अवसर पारेर भोलीदेखि प्रदर्शन हुँदैछ । आजको प्रिमियरमा नेपाली फिल्म क्षेत्रका कलाकार, निर्माता, निर्देशक र पत्रकारहरु उपस्थित थिए ।

 

 




कलाकारहरु नीर शाह, भुवन केसी, सरोज खनाल, रविन्द्र खड्का, रवि गिरी, दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, स्वस्तिमा खड्का, निर्मल शर्मा, नीता ढुंगाना, हरिहर अधिकारी, आश्मा विश्वकर्मा, सरोज अधिकारी लगायत कलाकारहरुको उपस्थिति थियो ।

 

 

यस्तै माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, र्‍यापर बालेन शाह पनि प्रिमियरमा उपस्थित थिए ।

 

 

झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’मा अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।



सम्बन्धित
Loading...