रूपन्देहीमा एक महिलाको शंकास्पद निधन, परिवारबाटै ह–त्या आशंका





बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको शंका’स्पद मृ’त्यु भएको छ । तिलोत्तमा नगरपालिका-२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डनको आफ्नै घरमा मृ’त्यु भएको हो ।

बुधबार राति जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक-पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ ।

 


अमृतालाई परिवारकै सदस्यले ह’त्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी वि’ष सेव’न गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको माइती पक्षको आरोप छ ।

अस्पताल पुर्‍याउँदा चिकित्सकले अमृताको पहिल्यै मृ’त्यु’ भइसकेको जानकारी गराएकाले उक्त घ’टना ह’त्या नै भएको मृतककी आमा सावित्रा खत्रीले बताइन् ।

 

‘राति साढे ८ बजेसम्म छोरी माइतमै थिई, ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊ नभए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी हो’ सावित्राले भनिन्, ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृत्यु भएको खबर आयो ।’

छोरीलाई घरमा सासु, ससुरा, श्रीमान्ले धेरै पहिलादेखि नै गालीगलौज र या’तना दिंदै आएको सावित्राले बताइन् ।

अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक या’तना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृत’कका ५ वर्षीय छोरा छन् ।

वि’ष सेव’न गरेको भए माइती, प्रहरी र छरछिमेकलाई जानकारी गराइन्थ्यो तर त्यसो नभई योजनावद्धरुपमा ह’त्या गरेर विष सेवनको बहाना बनाएर अस्पताल पुर्‍याइएको छिमेकी कमला पोखरेलले बताइन् ।

घटनाको नि’ष्पक्ष छा’न’बिन र दोषीमाथि कारवाहीको माग गर्दै माइती पक्ष र स्थानीयले टण्डनको घर घेरा’उ र नारा’बाजी गरेका छन् ।

मृतकका श्रीमान्, सासु ससुरालाई नियन्त्रुणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।



सम्बन्धित
Loading...