२० करोडको लागतमा परासीमा सुविधासम्पन्न होटल सञ्चालनमा




नवलपरासी पश्चिमको सदरमुकाम परासीमा एक सुविधासम्पन्न होटेल संचालनमा आएको छ ।

जिल्लाको रामग्राम नगरपालिका ३ स्थित परासी बजारमा होटेल सिद्धार्थ पार्क रिजेन्सी नामक सुविधा सम्पन्न होटेल सञ्चालनमा आएको हो ।

 




शान्तिका अग्रदूत गौतम बुद्धको अष्तिधातु रहेको रामग्राम स्तूप सहित रामग्राम नगर क्षेत्रभित्र विभिन्न महत्वपुर्ण पर्यटकीय क्षेत्रहरु घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको बासका लागि परासीमा बजारमा व्यवस्थित होटेल नरहेकाले यो सुविधासम्पन्न होटेल संचालनमा ल्याइएको होटलका संचालक मनोज कुमार गिरीले जानकारी दिए ।

६ कट्टा क्षेत्रफलमा करिब २० करोड रुपैयाँको लागतमा निर्माण गरिएको होटलमा सुपर डिलक्स, डिलक्स गरि २४ वटा एसी रुमहरु छन् ।

 

यस्तै २ वटा हल, मल्टी कुजिन फाइनडाइन रेष्टुरेन्ट, लाउन्ज बार, कफी शप, रुफटफ गार्डेन रेष्टुरेन्ट समेतको व्यवस्था रहेको होटेल संचालक गिरीले बताए ।

 

सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्री मनोज न्यौपाने नियुक्त भएका छन् । ३० चैत २०७८ मा बसेको संचालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनी यस अघि सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

काठमाण्डौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका उनले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गर्नु भएका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।

 



सम्बन्धित
Loading...