राप्रपा नेपालको चुनाव चिन्ह सूर्य




काठमाडौं । सम्भवतः नेपालमा पहिलोपल्ट एउटा पार्टी अर्को पार्टीको चुनाव चिन्हमा लड्दैछ । यो महारथ राप्रपा नेपाल र एमालेबीचको सम्झौताले प्रष्ट पारिदिएको छ ।

राप्रपा नेपालले एमालेसँग गठबन्धन गरेका स्थानीय निर्वाचनका क्षेत्रहरुमा सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिनेछन् । यस्ता उमेदवारहरुले जित पछि आफ्नो हैसियत एमाले अथवा राप्रपा नेपालकै पाउनेछन् ।




पार्टीगत यस प्रकारको गठबन्धनबारे कानुनविद, निर्वाचन आयोग कोही पनि बोलेका छैन ।

 

कतिपयले प्रश्न गरेका छन् यो कस्तो गठबन्धन हो, जसले आफ्नो पार्टीको घोषणापत्र लिएर जानेछन् र एकअर्काको चुनाव चिन्हमा चुनाव लड्नेछन् ।

यसलाई अचम्मको तालमेल मानिएको छ । काशी काशमीर अजब नेपाल भनेको यही हो ।



सम्बन्धित
Loading...