जिल्ला फुटबल संघ नवलपुरकाे नयाँ समिति चयन, अध्यक्षमा फेरि सेतमान पुन


जिल्ला फुटबल संघ नवलपुरको नयाँ समिति चयन भएकाे छ । समितिकाे अध्यक्षमा पुनः सेत बहादुर पुन निर्वाचित भएका छन् ।



नवलपुरको कावासोती स्थित पानस बैंक्विटमा आज भएको प्रथम अधिवेशनले सेत बहादुर पुनको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्व सम्मत चयन गरेको हो ।

 

अधिवेशनबाट उपाध्यक्षमा मेघराज पाण्डे, हरि थापा र हेमु शंकर देवकोटा सर्वसम्मत निर्वाचित भएका छन् ।




जिल्ला फुटबल संघको सदस्यमा रामलाल श्रेष्ठ, हरिमाया चौधरी, विपुल अर्याल, थमन चौधरी, नैनाराम थनेत, सुरज कहार, तीर्थराज डुम्रे, मदन थापा, लक्ष्मण कार्की, नारायण अधिकारी र गौरवभक्त अधिकारी सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

यस अघि अधिवेशनको खुला सत्र कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारीको प्रमुख आतिथ्यमामा भएको थियो ।

अधिवेशनमा अखिल नेपाल फुटबल संघका केन्द्रिय प्रतिनिधि प्रकाश पंगेनी सहित विभिन्न खेलकुदसँग आवद्ध सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष सेत बहादुर पुनले जिल्लामा फुटबल खेल सहित समग्र खेलकुद क्षेत्रको विकासका लागि आफू र सिङ्गो समिति सदैव लागि पर्ने बताए ।



सम्बन्धित
Loading...