नवलपुर, गठबन्धन दल अलमलमा, एमाले भटाभट उमेदवार टुंगो लगाउँदै




रामकुमार श्रेष्ठ
नवलपुर । नवलपुर जिल्लामा नेकपा एमालेले उमेदवारहरुको नामावली छनौट प्रक्रियालाई अन्तिम टुंगो लगाइरहँदा सत्तारुढ गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समावादी पार्टी भने अलमलमा परेको छ ।

कसले कुन पालिका लिने कुन वडा कसले लिने भन्ने टुंगो नलागेकै कारण सत्तारुढ दल गठबन्धन अलमलमा परेको हो ।




नेकपा एमालेले बौदीकाली गाउँपालिका र हुप्सेकोट गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरुको नामावली टुंगाइसकेको छ।

त्यसैगरी अन्य पालिकाहरुको पनि अधिकांश वडाका वडाध्यक्ष र सदस्यहरु टुंगाईसकेको छ भने बाँकी पनि छ्टिटै टुंग्याउने तयारीमा रहेको छ ।

नेकपा माओवादी केन्द्र नवलपुरका संयोजक धनप्रसाद सापकोटाले गठबन्धनले कुन पालिकामा कसले कुन पद लिने भन्ने विषय टुंगाइ नसकेको बताए । उनले भने –भोलि हामी गठबन्धनको वैठक बस्दै छौं । वैठकबाटै टुंगो लगाइने छ ।

गठबन्धनको वैठकले कुन पालिका कसले कुन वडामा कसले नेतृत्व लिने कहाँ कहाँ कसरी बाँडफाँड गर्ने सहमति हुन नसक्दा सत्तारुढ दल गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संघीय समाजवादी पार्टीले उमेदवार टुंगाएका छैनन् ।

नेपाली काँग्रेस नवलपुरका सचिव होमराज रानाभाटले भोलि गठबन्धनको वैठक बसेर टुंगाएपछि मात्र काँग्रेसले पनि उमेदवारहरु टुंगाउने बताए । रानाभाटका अनुसार काँग्रेस नवलपुरमा वडा तहको उमेदवारहरु भने टुंगो लगाउँदै गएको छ । अहिलेसम्म नवलपुरका १० बढी वडामा उमेदवार टुंगाइसकेको उनले बताए ।



सम्बन्धित
Loading...