धामी झाक्रीको भरमा उपचार गर्दा मृत्यु, २ जना झाक्री पक्राउ

कञ्चनपुरमा एक जना महिलाको धामी झाक्रीको भरमा उपचार गर्दा मृत्यु भएको छ ।
बिरामी पर्दा अस्पताल जानु भन्दा धामीझाक्रीकोमा लगेर उपचार गराउने अन्धविश्वासका कारण कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानी बस्ने ४३ वर्षीया रन्चुला साउँदको मृत्यु भएको हो ।
अस्वस्थ हुँदा उपचारका लागि राम्रो अस्पतालमा नगई केही दिनदेखि धामीझाँक्रीबाट झारफुक गराउँदा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानी बस्ने ४३ वर्षीया रन्चुला साउँदको मृत्यु भएको हो ।
भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्ने धामीझाँक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका वडा नम्बर १ बाराकुण्डा बस्ने धामीझाँक्री नारायण दत्त भट्टको नेतृत्वमा मुसेपानी स्थित स्थानीय कमला साउँदको घरमा जघन्य अपराधको घटना भएको हो ।
मृतक महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
