सुरु भयो ‘नो भोट’ अभियान, नेतालाई गाउँ पस्न नदिइने



जिल्लाका विभिन्न पालिकाका स्थानीयले ‘नो भोट’ चलाएका छन् ।



लामो समयसम्म आफूहरूले जोतभोग गर्दै आएको जमिनको पुर्जा हालसम्म नपाएको भन्दै देवचुली र कावासोती नगरपालिकाका सुकुम्बासी र भुमिहीनले ‘नो भोट अभियान’ चलाएका हुन् । २०२२ सालदेखि बसोबास गरेको जग्गाको लालपुर्जा नपाएको भन्दै उनीहरू आन्दोलित भएका छन् ।

 

आन्दोलनरत स्थानीयले ‘नो लालपुर्जा, नो भोट’ भन्दै लालपुर्जा नपाउँदासम्म चुनाव बहिस्कार गर्ने र नेतालाई गाउँ पस्न नदिने बताएका हुन् । गएको निर्वाचनमा पनि आफूहरूलाई आश्वासन मात्र देखाइएको उनीहरूको गुनासो छ ।

 




आफ्ना माग सम्बोधन नभएपछि बाध्य भएर चुनाव बहिस्कारको अभियान थालेको सुकुम्बासी तथा भुमिहीन संघर्ष समिति देवचुली वडा नम्बर ४ र ५ का संयोजक गणेश गुरुङ बताउनुहुन्छ । जिल्लामा ३३ हजार ६ सय ३५ जनाले पुर्जा प्राप्तिको लागि निवेदन दिएका छन् ।

अहिले स्थानीय तहसँगको सहकार्यमा नापनक्सा पनि भएको छ । तर, सरकार परिवर्तनसँगै भुमीसम्बन्धी समस्या समाधान आयोग परिवर्तन हुँदा लालपुर्जाको आशमा बसेका उनीहरूमा निराशा छाएको छ । लालपुर्जा नहुँदा जीविकोपार्जन र अन्य काममा समेत समस्या झेल्नुपरेको स्थानीयको गुनासो छ ।



सम्बन्धित
Loading...