श्रीलंकामा विरोध शैली, राष्ट्रपतिकाे घर अगाडि नै आत्म हत्या

मिरिहानामा श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको घर अगाडि एक ५३ वर्षीय व्यक्तिले आत्महत्या गरेका छन्। श्रीलंकामा अहिले व्यापक प्रदर्शन जारी छ ।
उनी विद्युत कटौतीको तुरुन्त अन्त्य गर्न माग गर्दै आन्दोलनमा थिए ।
डेली मिररले रिपोर्ट अनुसार विद्युत कटौती तुरुन्तै अन्त्य गर्न आह्वान गरेपछि उनी लाइभ ट्रान्सफर्मरमा चढेका हुन् । घटनाका बेला उनी मादक पदार्थ सेवन गरेको प्रहरीको आरोप छ ।
यसबाहेक, आइतवार आयोजित “अरब स्प्रिंग” शैलीको विरोध प्रदर्शन अघि, श्रीलंकाले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ। (शनिबार) बेलुकी ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म टापुभर कर्फ्यू घोषणा गरिएको कोलम्बो ग्याजेटले जनाएको छ। श्रीलंकामा आर्थिक संकटको बीचमा सरकारविरुद्ध आज प्रदर्शन हुने भएको छ ।
राष्ट्रले अभूतपूर्व आर्थिक संकटको सामना गरिरहेको छ। श्रीलंकाको अर्थतन्त्र कोभिड–१९ महामारीपछि पर्यटन क्षेत्रको क्र्यासका कारण खुम्चिएको छ ।
श्रीलंकाले अहिले विदेशी मुद्राको अभावमा खाद्यान्न, इन्धन, विद्युत् र ग्यासको अभाव झेल्दै आर्थिक सहायताका लागि मित्र राष्ट्रहरूसँग सहयोग मागेको छ ।