स्कुटर दुर्घटनामा एकजनाको मृत्यु


दाङ, चैत १९ । स्कुटर दुर्घटनामा परि दाङमा एकजनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ३८ बर्षीय प्रकाश आचार्यको दुर्घटनामा परि मृत्यु भएको छ ।



तीव्र गतिको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा आचार्यको दुर्घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

मंगलवार विहान आचार्य आफैले चलाएको रा ४ प ३८२२ नम्वरको स्कुट अनियन्त्रित हुँदा घर नजिकै दुर्घटनामा परेका थिए ।



सम्बन्धित
Loading...