घर शिलान्यास गर्दैगर्दा पहिरोले पुरिएर एककाे मृत्यु

पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचोकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो ।
सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो ।
गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।
बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक शुरु
