नवलपुरमा आज ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

नवलपुर । पूर्वी नवलपरासीमा आज ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाका औषधि खुवाइदै छ । आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइदै छ ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुरमा ६ महिनादेखि ५ बर्षसम्मका २६ हजार बालबालिकालाई भिटामिन ए खुवाइदै छ ।
त्यसैगरी १ बर्षदेखि ५ बर्षसम्मका २३ हजार बालबालिकालाई जुकाको औषधि खुवाइदै छ ।
नवलपुरका ३ सय ५९ महिला स्वास्थ्य स्वयम् सेविकाहरुले आज विहानैदेखि खोप केन्द्रहरुमा बालबालिकालाई भिटामिन ए र जुवाका औषधि खुवाउन थालिएको छ ।
त्यसैगरी ६ महिनादेखि २ बर्षसम्मका ८ हजार बालबालिकालाई निशुल्क वालविटा वितरण गर्ने कार्यक्रम पनि रहेको केशव चापागाईले बताए ।