धरानमा गोरुको मासु काट्नेलाई प्रहरीकाे चेतावनी


 



धरानका डिएसपी बुद्ध श्रेष्ठ र इन्स्पेक्टर गजेन्द्र रायमाझीले धरानमा गोरु काट्नेहरुलाईलाई कानुन बमोजिम कारबाही गर्ने बताएका छन्। इलाका प्रहरी कार्यालय धरानले सोमबार कार्यालयमा पत्रकारहरु सँग परिचयात्मक तथा भेटघाट कार्यक्रम राखेको थियो भने कार्यक्रममा संचारकर्मीले धरानमा गोरु काट्नेलाई प्रहरीले केही नगर्ने तर, गोरुको मासु किन्नेलाई प्रहरी आफै प्रतिवादी बनेर मुद्या हान्ने गर्छ यस विषयमा तपाई नयाँ पनि हुनुहुन्छ तपाइको कार्यकालमा गोरु काट्नेलाई के गर्नुहुुन्छ ? भन्दै गरेको प्रश्नमा डिएसपी बुद्धले उत्तर दिँदै भने ‘पछिल्लो समय नेपाल धर्म निरपेक्षता राष्ट्र घोषणा भएको अवगत नै छ ।

 

 




तर, धर्म निरपेक्षता भए बमोजिम कानुन संशोधन हुन सकेको छैन् जसले गर्दा किरात धर्मका व्यक्तिहरुले गोरु काट्नु पाउनु पर्ने माग राख्छन् भने हिन्दु धर्मपक्षका व्यक्तिले गोरु काट्नु नपाइने भन्ने धारणा राख्छन्। तर, प्रहरी आफू स्वंयम जनजाति भए पनि किराती धर्म कै भएपनि राज्यले भनेको र कानुनले तोकेको काम गर्नुपर्ने हुन्छ ।

 

 

तसर्थ कानुनमा गोरु काट्नुलाई कसुर मानिने भएकाले हामी कानुन कार्यान्वयन गराउने पक्ष प्रहरीले गोरु काट्ने मानिसलाई कसुरदाता ठहर गरी कारबाही गर्नु पर्छ भन्ने मेरो धारणा हो ।’बुद्ध धरानमा भर्खर आएका हुन । डिएसपीले धारणा राख्दै इन्सपेक्टर तिर पुलुक्क हेरेर भन्छन् यसबारे के छ भन्दै भनेका थिए ।

 

 

यस विषयमा इन्सपेक्टर रायमाझीले भने ‘म आएपछि चै गोरु काट्को जानकारी सुनेको छैन् आएमा हामी कानुन बमोजिम कारबाही गछौ । उनले यसअघि पनि राजनीति दलका नेताहरुसँग राखिएको परिचयात्मक कार्यक्रममा धरानलाई जनजाति डिएसपी वा इन्सपेक्टर चाहिएको कि शान्ति सुरक्षा चाहिएको हो? प्रहरीले भोट पनि हाल्न मिल्दैन ।

 

 

तसर्थ प्रहरी कुनै पनि पार्टीको पक्षमा काम गर्देन्। फलाना डिएसपी आयो फलाना इन्सपेक्टर आयो यो पार्टीको होला यसले यो पार्टीको पक्षपोषण गर्छ भनेर नसोच्नु होला हामी जनताको काम गछौ ।धरानमा मंगलबारे तलतिर खोला क्षेत्रमा बिहान दैनिक जसो गोरुको मासु काटीँदै आएको बुझिएको छ । यस्तै,गोरुको मासु मिसावट गरेर रागाँको सुकुटी भन्दै बिक्री गरेको पनि पाइएको छ।

 

 

गोरुको मासु नखाने पक्षले यसमा आपत्ति जनाउँछन् भने रागाँको सुकुटी खानु जथाभाबी किनेर खानु घिँनाउने गर्छन्। धरानमा केही समय अघि बगरकोटको एक होटलमा ग्राहक र होटल व्यापारीको सामान्य झगडा पनि भएको थियो ग्राहकले धरानमा पछिल्लो समय रागाँ भैसी पालिएका पनि छैनन् र पालेपनि धरानमा प्रत्येक होटलमा दैनिक जसो सुकुटी बेच्नुलाई रागाको मासुले पुग्दैन अनी कहाँबाट ल्याउनु हुन्छ मासु भन्दै प्रश्न गरेकी थिइन। भने होटल व्यापारीले मासु किन्ने ठाउँमा लगेपछि गोरुको मासुको मात्रा मिसाएको पुष्टि समेत भएको थियो ।

 

 

आदिवासी जनजाति किरातीहरुले परम्परादेखि खानाको रुपमा र सांस्कृतिक पूजाआजा गर्दा पनि गाई गोरुको मासु प्रयोग गर्दै आएका छन् भने सरकारले गोरु काट्नेलाई पक्राउ गर्दै आएको छ । विजय उत्सवको अवसरमा सांस्कृतिक अधिकार संरक्षण समितिका संयोजकहरुले धरानमा गोरु काट्ने क्रम नरोकिने बताउँछन् ।

 

 

गोरु काटेर खानु आफूहरुको सांस्कृतिक अधिकार नै भएकोले गोरु काट्ने काम नछोड्न गोरुको मासु खानेहरुको जिकिर छ । जनजातिहरुले देशभरिका फाइभस्टार होटलहरुमा गाई–गोरुको मासु बिक्री गर्न दिएर राज्यले कर असुलिरहेको तर आदिवासी जनजातिको परम्परादेखि गोरु–गाई खाने संस्कृतिमाथि भने बन्देज लगाएको आरोप समेत लागाउँछन् ।

 

 

तसर्थ धरानमा प्रहरीका लागि गोरु काट्ने मानिसलाई पक्राउ गर्ने काम च्यालेन्ज र चुनौतीपूर्ण रहेको देखिन्छ भने गोरु काट्नेहरुलाई पक्राउ गर्ने काम प्रहरी अधिकृतमा पनि भर परेको देखिन्छ ।२०७५ सालमा धरान इप्रकाका प्रमुख भएको समयमा डिएसपी सुमनकुमार तिम्सिनाले मंसिर २८ धरान –१७ स्थित बिद्याटोलमा गोरु काटिरहेको अवस्थामा आषिक मन्सुरी, हसमुदिन मन्सुरी, बहिश मिंया, रिजमान मिया, साहदत मन्सुरी, आशिष खड्गी, राजेश खड्गी, अनिल शाही, अनिश साही, राजेन्द्र खड्गीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाएका थिए ।

 

 

डिएसपी सुमनको कार्याकालमा धरानमा अत्यधिक गोरु काट्ने मानिसहरुको पक्राउ परेका हुन्। उनीहरुले हिरासत मुक्त हुना साथ फेरी गोरुको मासु खाएर उत्सव पनि मनाएका थिए ।

 

 



सम्बन्धित
Loading...