उद्योग मन्त्री दुर्घटनामा


 



कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कार्चेन लामा सवार गाडी दुर्घटना भएको छ। सुर्खेत–दैलेख खडक खण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा मंगलबार दिउँसो गाडी दुर्घटनामा परेको हो ।

 

विपरित दिशाबाट आएको भे१च २४७४ नम्वरको बोलेरो जीपले मन्त्री सवार कर्णाली प्रदेश ००१ झ ००७६ नम्वरको जीपलाई ठक्कर दिँदा दुर्घटना भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।

 




दुर्घटनामा गाडीमा सामान्य क्षति भएपनि मानवीय क्षति भएको छैन् । दुर्घटनामा दुवै गाडीमा क्षति पुगेको प्रहरीको भनाइ छ ।

 

भारतका व्यापारी रातारात अर्बपतिको सूचीको छैटौं नम्बरमा उक्लिए

 

अदानी समूहका अध्यक्ष गौतम अडानी विश्वकै छैटौं धनी व्यक्ति बनेका छन् । अदानी समूहका कम्पनीहरूको शेयरमा भएको अत्याधिक उछालका कारण गौतम अडानीको नेटवर्थमा पछिल्ला केही दिनमा ठूलो वृद्धि भएको छ । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानीको कुल सम्पत्ति ११८ अर्ब डलर पुगेको छ ।

अदानीले नेटवर्थको हिसाबले विश्वका धेरै प्रमुख उद्योगपतिहरूलाई उछिनेको छ। विश्वका धनीहरूको सूचीमा उनले गुगलका सह(संस्थापक ल्यारी पेज र सर्गेई ब्रिन दुवैलाई पछि पारेका छन् । ब्लूमबर्गको धनी व्यक्तिको सूचीमा पेज ११६ अर्ब डलर सातौं स्थानमा झरेको छ भने ब्रिन १११ अर्ब डलर आठौं स्थानमा झरेका छन् ।

विश्वका धनीहरुको सूचीमा मुकेश अम्बानी ११ औं स्थानमा छन् । उनको कुल कुल सम्पत्ति ९७.४ बिलियन अनुमान गरिएको छ। यो वर्ष अहिलेसम्म अम्बानीको सम्पत्ति ७.४५ अर्ब डलरले बढेको छ ।



सम्बन्धित
Loading...