चट्याङ लागेर १४ को मृत्यु


 



भारतको आसाममा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको  छ । आइतबार यहाँ आएको भिषण वर्षा र चट्याङमा परेर ती नागरिकको ज्यान गएको हो ।

 

 

आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पुर्‍याएको थियो ।

 




आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप छ जनाको ज्यान गएको थियो ।

 

यहाँ चट्याङबाट मात्र अरु दर्जनौँ व्यक्ति नागरिक घाइते भएका पनि अधिकारीहरुले जनाएका छन् ।

यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ ।

 

 

शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।

 

छात्रालाई अश्लिल भिडियो देखाएर दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीले सुरु गरेको आन्दोलका कारण पठनपाठन बन्द भएको गैंडाकोटस्थित जनक उच्च माविमा बुधबारबाट पढाइ हुने भएको छ । विद्यार्थी आन्दोलन कारण त्यहाँ एक साताअघिदेखि पठन पाठन बन्द छ ।

 

 

‘बुधबार पठनपाठन सुरु गर्ने तयारीमा छौं,’ प्रधानाध्यापक चुडामणि कँडेलले भने, ‘आउँदो शुक्रबारबाट एसईई परीक्षा समेत भएकाले सबै तयारी भइरहेको छ ।’ विद्यालय खुल्ने वातावरण बनाउन मंगलबार दिउँसो अभिभावकसँग छलफल राखिएको छ । बुधबारबाट कक्षा सञ्चालन गर्ने तयारी भरहेको कँडेलले जानकारी दिए ।

 

आरोप लागेका शिक्षकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । ती छात्राका अभिभावकले  जिल्ला प्रहरी कार्यालयमा आइतबार उजुरी दिएका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । विद्यालयमा मंगलबार पनि सुरक्षाकर्मी खटाइएको छ ।

 

 

विद्यालयमा १८ सय ९५ विद्यार्थी अध्ययनरत छन् । शुक्रबार सुरु हुने एसईई परीक्षाको केन्द्र समेत त्यहीँ छ । त्यहाँ ४ सय विद्यार्थीको एसईई केन्द्र तोकिएको छ ।



सम्बन्धित
Loading...